Powered by Blogger.
जिरी शिवालय सडक तीन दिन देखि बन्द, मालबाहक सवारी जिरीमा थन्किए

चन्द्र खड्का
जिरी ११ चै
त । दोलखाको जिरीबाट रामेछापको रस्नालु तर्फ जेसीबी स्भाईभेटर बोकेर जाँदै गरेको ना ४ ख ३६७ नम्बरको टेलर जिरी नगरपालिका वडा नं. ४ कुने भन्ने स्थानमा दुर्घटना हुँदा तीन दिन देखि जिरी शिवालय सडक खण्ड बन्द भएको छ । चैत्र ९ गते दिउँसो जिरी बजारबाट रस्नालुको लागि छुटेको टेलर सडकमा एक्कासी पल्टीएको होे ।
जिरी बसपार्कबाट झण्डै ३ किलोमिटर टाढा पुग्न साथ जिरी निर्माण समितिको बा २ क ९८२ नम्बरको जेसीबी बोकेर जाँदै गरेको टेलर सडकमा पल्टिएको थियो । दुर्घटनामा कुनै मानविय क्षति भने भएको छैन । अहिले जिरीबाट रामेछापको शिवलय, गर्जङ देउराली, बाम्तीभण्डार, प्रिती, रस्नाल लगायतका ठाउँहरुमा सडक सम्पर्क टुटेको छ । 

यद्यपी यात्रुबाहक बसहरु भने बैकल्पीक बाटोको प्रयोग गरी मन्थली हुँदै सञ्चालन भईरहेको इलाका प्रहरी कार्यालय जिरीले बताएको छ । यात्रुबाहक बस मन्थली हुँदै सञ्चालनमा ल्याईएको भए पनि जिरीबाट त्यसतर्फ जाने मालबाहक सवारी साधानहरु जिरीमा नै तीन दिन देखि थन्कीएको छ । इलका प्रहरी कार्यालय जिरीको अनुसार तत्काल बाटो खुलाउन सक्ने अवस्था नरहेको र भोली विहानसम्ममा राजधानीबाट मिस्त्री झिकाई बाटो खुलाउने प्रयास भईरहेको छ ।

फोटो : विरबहादुर खड्का फेसबुकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.