Powered by Blogger.
दोलखा कांग्रेस सभापतिमा खड्का विजयी



दोलखा, १० फागुन । 

नेपाली कांग्रेस दोलखा जिल्ला सभापतिमा रुद्रबहादुर खड्का विजयी भएका छन् । देउवापक्ष मानिएका खड्काले संस्थापन पक्ष मानिएका ईश्वर मानन्धरलाई पराजित गरेका हुन् ।  

खड्काले ३५६ र मानन्धरले २३३ मत पाएका थिए । खड्का र मानन्धनरको मतअन्तर १२३ रहेको थियो । निर्वाचनमा सचिव र कोषाध्यक्ष पद संस्थापन पक्षकै हातमा पुगेको छ । दोलखा कांगेसमा पनि देउवा पक्षको विजयी भएको छ । 

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.