Powered by Blogger.
अभिभावक गुमाएका दोलखाका बालबालीकालाई यूनिसेफको पाँच हजार सहयोग


दोलखा, ६ पुस ।

१२ वैशाखमा गएको भूकम्प र त्यस भन्दा अघि देखि नैं बुबा, आमा वा दुवै मध्ये एक गुमाएका बालबालीकालाई प्रतिव्यक्ति पाँच हजार रुपैयाँका सहयोग हुने भएको छ ।

१८ बर्ष मुनिका दोलखा जिल्लाका यस्ता वालवालिकालाई युनिसेफको सहयोगमा जिल्ला वाल कल्याण समितिले ५ हजार रुपैयाँका दरले सहयोग बितरण गरिरहेको समितिका सदस्य लक्ष्मण खडकाले बताए । सो रकम जिल्लाभरका सात सय भन्दा बढी बालबालीकाले आउने उनको भनाई छ ।

जिल्लामा यस्ता बालबालीका कति छन भन्ने तथ्याङ्क संकलन ईकाड«स दोलखाले गरेको थियो । सोहि तथ्याङकका आधारमा असहाय बालबालीकालाई सहयोग वितरण गर्न लागेको हो ।

खडाकाले भने‘यूनिसेफको सहयोगमा इकाड्रस दोलखाका प्रतिनिधिले संकलन गरेको तथ्याङकमा कोही छुटेको भए सम्पर्क गर्न अनुरोध गर्दछौ ।’ उनले थपे,‘असहायका लागि वितरण गर्ने पैसा अभिभावक हुनेले त पक्कै लिने छैनन् ।’

तस्विर : लक्ष्मण खडकाको फेसबुकबाट

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.