Powered by Blogger.
राजावादीको योजना असफलभए सरकार ढल्छः देवकोटा


 भक्तपुर, १८ कात्तिक ।
एकीकृत माओवादीका केन्द्रीय सदस्य खिमलाल देवकोटाले वर्तमान केपी शर्मा ओली गठबन्धन सरकारको सुत्रधार राजावादी भएको बताए ।

रफत सञ्चार क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता देवकोटाले राजवादीले गठबन्धनबाट हात झिक्ने बित्तिकै सरकार विघटन हुने दावी गरे । कमल थापाको हातमा वर्तमान सरकार रहेको बताउँदै उनले राजावादीको योजना सफल नभए वर्तमान सरकार विघटन हुने बताए ।

पुराना राजनीतिक दलहरु आर्थिक लाभमा फसेको र कमाउ धन्दाको पछाडि लाग्ने गरेको बताँउदै उनले वर्तमान गठबन्धन राजावादीको षड्यन्त्रमा फस्दा संघीय लोकतान्त्रिक गणतन्त्र कै उपहास भएको बताए । उनले भारतले लगाएको नाकाबन्दी अघोषित भनिए पनि घोषित रुपमै भएकाले सरकारले आधिकारिक रुपमा नाकाबन्दी भनेर खुलेर भन्न नसकेको बताए ।

प्रधानमन्त्रीले राष्ट्रियताको जतिसुकै माला जपे पनि प्रधानमन्त्री ओली भारत भम्रणको पखाईमा रहेको उनले बताए । ओली नेतृत्वले सबै समय भारतले विरोध गर्ने र कुटनीति माध्यमबाट कुनै प्रस्ताव नपठाएको बताए । नक्कली राष्ट्रवादको कुरा गरेर जनतालाई ठग्न कसैले नपाउने उनले बताए । एउटा देशको विरुद्ध अर्को देशको कार्ड प्रयोग गर्ने नीति सफल नहुने उनले बताए । उनले एउटा देशलाई विरोध गरेर अर्को देशलाई चाकडी गर्दा चीन पनि खुसी नभई रिसाएको बताए ।

उनले ओली नेतृत्व सरकारले चीनलाई जर्वजस्त विवादमा मुछ्न खोजिएकोमा चीन वर्तमान प्रति पनि रुष्ट रहेको दावी गरे । भारतको नाकाबन्दीले नेपाल असफल मुलुक भएको बताए । भूकम्पले ५ खर्ब र भारतको नाकाबन्दीले मात्र ४ खर्ब गरी जम्मा ९ खर्बभन्दा बढी क्षति गरेको बताउँदै उनले राष्ट्रिय आयको एक तिहाईभन्दा बढी क्षति हुनुले नेपाल असफल राष्ट्र बन्दै गएको उनको टिप्पणी थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.