Powered by Blogger.
१४ गाविसमा अस्थायी आवास


दोलखा, ५ मंसिर । 

प्लान इन्टरनेश्नलसगंको समन्वयमा सहमति संस्थाले दोलखाको १४ गाविसमा नगदमा आधारित अस्थायी आवास तथा सरसफाई कार्यक्रम संचालन गरेको छ ।

दोलखाको सुस्पाक्षमावती, लाकुरीडाडा, लापीलाङ, शैलुङगेश्वर, पवटी, फस्कु, मागापौवा, काटाकुटी, भुषाफेदा, घ्याङसुकाठोकर, बोच, दुधपोखरी, भेड्पु र डाडाखर्क गाविसमा कार्यक्रम सञ्चालन गरेको हो । संचालित कार्यक्रमबाट ८ हजार ४१ घरधुरी लाभान्वित भएका छन् ।

दोलखा सदरमुकाम चरिकाटमा कार्यक्रमबारे जानकारी गराउन आयोजित कार्यक्रममा सो जानकारी दिइएको हो । कार्यक्रम अन्र्तगत यो महिनादेखि दोलखाको ६ गाविसहरुमा नगदमा आधारित अस्थायी आवास तथा सरसफाई कार्यक्रम सञ्चालन हुने जानकारी गदिइएको छ ।

जस अन्र्तगत दोलखाको मार्वु गाविसमा ४ सय घरधुरी, सुस्पा क्षमावतीमा ३ सय ७५ घरधुरी, बोच गाविसमा ६ सय घरधुरी, पवटी गाविसमा ८ सय ६० घरधुरी, घ्याङसुकाठोकर गाविसमा ७ सय १० घरधुरी, र मागापौवा गाविसमा ४ सय २३ घरधुरी गरी जम्मा ३ हजार ३ सय ६८ घरधुरीका लागी कार्यक्रम सञ्चालन हुने जनाएको छ । कार्यक्रममा दोलखाका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछाने, स्थानीय विकास अधिकारी सीता परियार लगाएतको उपस्थिति रहेको थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.