Powered by Blogger.
दोलखामा पर्यटन प्रवर्दन गर्न कुनै कसर बाँकी राख्दिन्ः मन्त्री पोखरेल


काठमाडौँ, २ मंसिर ।

संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्री आनन्द पोखरेलले आफु दोलखा जिल्लाबाट निर्वाचित भएकाले दोलखाको पर्यटन विकासका लागि कुनै कसुर बाँकी नराख्ने उद्घोष गरे । दोलखा जिल्लामा प्रयाप्त मात्रामा पर्यटकीय क्षेत्र रहे पनि त्यसको प्रचार प्रसारमा अभाव भएको भन्दै यसको प्रचार प्रसार समेत आवश्यक सहयोग गर्ने बताए । दोलखा जलस्रोतको धनीका साथै कृषिमा समेत अगाडी रहेको भन्दै इको पर्यटक प्रवर्दनमा काम गर्नु पर्ने बताए । नेपालको पर्यटक क्षेत्रलाई विश्वमा नै परिचीत बनाउने उद्घोष गरेका छन् ।

नेपालमा पर्यटक घुम्ने ठाँउहरु धेरै नै भए पनि त्रिभूवन अन्तराष्ट्रिय विमानस्थल बजबुत नभएका कारण समस्या देखिएको भन्दै विमानस्थलको पुन निर्माण र सिमरा विमानस्थल निर्माणको काम तत्काल अघि बढाउने बचन बद्वता जनाए । प्राकृतिक स्रोत जनसंसद नेपालले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा मन्त्री पोखरेलले भने,‘ माथिल्लो तामाकोशी आयोजना बनाएर आएको मान्छे म, यी आयोजना निमार्ण गर्न मलाई कुनै समस्या छैन्, निर्माणका लागि राज्यले बजेट छैन भने पनि पैसा कसरी जुटाउन सकिन्छ भनेर मलाई माथिल्लो तामाकोशी आयोजनाले सिकाएको छ ।’

मन्त्री पोखरेलले थपे, म यस मन्त्रालयमा रहीन्जेल राज्यले बजेट फ्रिज होलाकी भनेर चिन्ता लिनु पर्दैन, अरु २० प्रतिशत बजेट थपे पनि देशकै लागि काम गरेर देखाउने छु ।’ कार्यक्रममा मन्त्री पोखरेलले स्वदेशमा घुम्न आउने पर्यटकलाई विमानस्थलदेखि नै आर्षित तुल्याउन विमानस्थलको शौचालयको पुनः निर्माणका साथै कर्मचारीको व्यवहारमा पनि परिवर्तन ल्याउन पहल गर्ने दावी गरे ।

‘पर्यटक विमानस्थलमा आउनासाथ उनीहरुलाई कर्मचारीले गर्ने व्यवहार मनछुने हुनुप¥यो, कर्मचारी निदाएर बसेर हुदैन,’ मन्त्री पोखरेलले भने,‘यसका लागि कर्मचारीको व्यवहारमा सुधार गर्नु छ,यस विषयमा अध्यागमनका महानिर्देशकसँग कुरा गर्ने छु, म जुनसुकै समयमा पनि विमानस्थलमा अनुमनमा जान सक्ने छु ।’ कर्मचारीले राम्रो व्यवहार गर्ने हो र विमानस्थलको शौचालय राम्रो हुँने हो भने पर्यटकले नेपालप्रति सकारात्मक सोचबनाउने उनको धारणा छ । मन्त्री पोखरेलले पशुपतिको सम्पती खोजी गरी सार्वजनिक गर्ने र त्यसको संरक्षणका लागि काम गर्ने बताए ।

कार्यक्रममा मन्त्री पोखरेलले आफु दोलखा जिल्लाबाट निर्वाचित भएकाले दोलखको पर्यटन विकासका लागि कुनै कसुर बाँकी नराख्ने उद्घोष गरे । दोलखा जिल्लामा प्रयाप्त मात्रामा पर्यटकीय क्षेत्र रहे पनि त्यसको प्रचार प्रसारमा अभाव भएको भन्दै यसको प्रचार प्रसार समेत आवश्यक सहयोग गर्ने बताए । दोलखा जलस्रोतको धनीका साथै कृषिमा समेत अगाडी रहेको भन्दै इको पर्यटक प्रवर्दनमा काम गर्नु पर्ने बताए ।

कार्यक्रममा शिक्षा मन्त्री गिरीराजमणी पोखरेलले भूकम्पले आठ हजार भन्दा बढी शैक्षिक संस्था ध्वस्त भएको अवस्थामा देशमा सृजित परिस्थीले अवस्था झनै गम्भिर बन्दै गएको बताए ।

कार्यक्रममा भूकम्प पछिको पुन निर्माण तथा दिगो रुपमा उर्जा संकटबाट कसरी मुक्ति पाउने भन्ने विषयमा डा. भरत पोखरेलले पुन निर्माणको काममा महिलालाई सिप मुलक तालिम दिनु पर्नेमा जोड दिए । भूकम्पका कारण ध्वस्त  भएको भौतिक संरचना निर्माण गर्न आवश्यक काठ तराईबाट नल्याई उपत्यका नजिकका जिल्लाको काठ प्रयोग गर्नु पर्ने उनको धारणा छ ।

भूकम्प पछि समस्या ग्रस्त बनेको पर्यटक क्षेत्रको विकास गर्न आन्तरिक पर्यटक प्रवर्दन गर्नु पर्ने र त्यसका लागि होम स्टे प्रभावकारी हुने डा. पोखरेलले बताए । कार्यक्रममा वन तथा भू–संरक्षण मन्त्री अग्नी प्रसाद सापकोटालाई आमत्रण गरे पनि उनी भने उपस्थित रहेनन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.