Powered by Blogger.
जलविद्युत् बिकास कम्पनीको सेयर ३ अर्ब बढी संकलन



काठमाडौँ, कात्तिक १५ ।

जलविद्युत् लगानी तथा बिकास कम्पनी लिमिटेडले जारी गरेको एक अर्ब करोड ८६ करोड रुपैयाको साधारण सेयर निस्काशन भएको दुई दिनमा ३ अर्ब ३५ करोड रुपैया संकलन भएको छ । यही १२ गतेदेखी सो कम्पनीको सेयर निस्कासन भएको हो ।

यो अबधिमा मुलुकभर ३१ वटा विभिन्न संकलन केन्द्रबाट दरखास्त फारम बुझाउने व्यवस्था भएकोमा उपत्यका बाहिरका संकलन केन्द्रबाट १ लाख २५ हजार र उपत्यकाका संकलन केन्द्रबाट २ लाख ७५ हजार सेयरका फारम वितरण भैसकेको छ । यो अबधिमा करिव ४० हजार फारम मात्रै संकलन भएका छन । गा्रहकको मागलाई ध्यानमा राखी फारम छपाइको कार्य सगै वितरण्को कार्य पनि संग–सगै भैरहेको छ । जलविद्युत् बिकास कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रवन्धक नागरिक लगानी कोष, सह निस्काशन तथा बिक्री प्रवन्धक एनसिएम मर्चेन्ट बैकिंग तथा एनएमवि क्यापिटल लिमिटेड रहेका छन ।

यसैविच आइतवार कोष र कृषि तथा वन विज्ञान विश्वविद्यालय विच ‘उपदान तथा निवृत्तिभरण कोष’ संचालन एवं प्रवन्ध गर्ने सम्वन्धी सम्झौता भएको छ । सो सम्झौतामा कोषका तर्फबाट कार्यकारी निर्देशक रामकृष्ण पोखरेल र विश्वविद्यालयको तर्फबाट रजिस्टार प्राडा सूर्य कान्त घिमिरेले हस्ताक्षर गरेका छन । सम्झौतामा स्थायी शिक्षक, कर्मचारीहरुको मासिक तलबबाट १० प्रतिसतका दरले कट्टा गरेको रकममा विश्विद्यालयको तर्फबाट सोही रकम बराबर थप गरी कोषमा एकमुष्ठ रकम जम्मा गर्ने व्यवस्था गरिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.