Powered by Blogger.
नेपालले पायो पहिलो महिला राष्ट्रपति


काठमाडौँ, ११ कात्तिक ।
नेपालको नयाँ राष्ट्रपतिमा नेकपा (एमाले) की उपाध्यक्ष विद्यादेवी भण्डारी निर्वाचित भएकी छन् ।
भण्डारीले कुल खसेको मत ५ सय ४९ मध्ये ३ सय २७ मत ल्याएर विजयी भएकी हुन् ।

उनको निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कुलबहादुर गुरुङले  २ सय १४ मत ल्याएका थिए । भण्डारी संघिय लोकतन्त्रीक गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बनेकी छिन् । उनको विजयसँगै नेपालले नयाँ इतिहास समेत रचेको छ ।

यी हुन संघिय लोकतन्त्रीक गणतन्त्र नेपालकी पहिलो महिला राष्ट्रपति  विद्यादेवी भण्डारी


नामः  विद्यादेवी भण्डारी
जन्म मितिः सोमबार ०५ असार २०१८
जन्मस्थानः मानेभन्ज्याङ –२, भोजपुर, नेपाल ।

पारिवारिक अवस्थाः

हजुरबाः स्व. तिलकबहादुर पाण्डे ।
हजुरआमाः स्व भीमकुमारी पाण्डे ।
माताः मिथिला पाण्डे ।
पिताः स्व रामबहादुर पाण्डे ।
दाजुभाइ र दिदीबहिनीहरु
तेजेन्द्र पाण्डे
टेकेन्द्र पाण्डे
डेगेन्द्र पाण्डे
बहिनीः सुशीला पाण्डे ।
विबाहः २४ साउन २०३९ सालमा ।
१। श्रीमानः स्व मदनकुमार भण्डारी ।
२। छोरीहरुः उषाकिरण भण्डारी तथा ज्वाइँ उमेश थापा । डा. निशाकुसुम भण्डारी ।

३। दाजुभाइ तथा दिदी-बहिनीहरु क्रमशः

मनोज भण्डारी तथा कमला भण्डारी । मोहन भण्डारी तथा लक्ष्मी भण्डारी । प्रेम भण्डारी तथा शारदा भण्डारी । डा. कैलाश भण्डारी तथा कल्पना भण्डारी ।
बहिनीहरुः शारदा निरौला, इन्दु बराल, शान्ता पोखरेल, राधा निरौला, स्व। गीता लामिछाने ।
निवासः नयाँ बानेश्वर– १०, काठमाडौं, नेपाल ।
१ नागरिकता नम्बरः ३७६८-११८४
२. राहदानी नम्बरः ४२२९३१० ।

शिक्षाः

बाल्यकालीन शिक्षाः बेहेरेश्वर प्राथमिक विद्यालय, भोजपुर ।
माध्यमिक शिक्षाः विद्योदय व्यावसायिक सेकेन्डरी स्कुल ।

उच्चशिक्षाः

भोजपुर क्याम्पस, भोजपुरबाट आई. ए. उत्तीर्ण ।
महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा बि।ए। अध्ययन
भाषाः नेपाली, हिन्दी र अंगे्रजी ।
भ्रमणः स्वदेश तथा
विदेशमा— भारत, चीन, पाकिस्तान, बंगलादेश, श्रीलंका, ब्राजिल, अमेरिका, क्यानाडा, इटाली, थाइल्यान्ड ।

राजनीतिक दलः

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)

वर्तमान जिम्मेवारीः

हाल प्रतिनिधि सभा सदस्य, (संविधानसभा सदस्यका रूपमा नेतृत्वदायी भूमिका)
उपाध्यक्ष, नेकपा (एमाले) (२०७१ असार १९–२५ मा सम्पन्न नवौँ राष्ट्रिय महाधिवेशनबाट)
अध्यक्ष, अखिल नेपाल महिला संघ, नेकपा (एमाले) ।
अध्यक्ष, मदन भण्डारी फाउन्डेसन ।
उपाध्यक्ष, नेपाल अफ्रो एसियाली जनएकता संघ (आप्सो) ।

राजनीतिक यात्राः

२०३५ मा भोजपुर क्याम्पसबाट तत्ककलीन नेकपा ९माले० सम्बद्ध युवा लिगबाट संगठित राजनीतिक यात्रा आरम्भ ।
२०३७ मा काठमाडौंमा भएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (पाँचौँ) को राष्ट्रिय सम्मेलन प्रतिनिधि ।
२०३७ मा तत्कालीन नेकपा (माले) को पार्टी सदस्यता प्राप्त ।
२०३६ देखि २०४४ सम्म अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको पूर्वाञ्चल सदस्य ।
२०३९-०४० सालमा महेन्द्र मोरड क्याम्पसको स्ववियु कोषाध्यक्षमा निर्वाचित ।
२०४६ मा कीर्तिपुरमा भएको अखिल नेपाल महिला संघको पहिलो सम्मेलनमा मोरङबाट प्रतिनिधि ।
२०५० देखि २०५४ सम्म नेपाल ट्रेड युनियन महासंघ जिफन्टको महिला विभाग प्रमुख ।
२०५४ मा नेपालगञ्जमा भएको नेकपा (एमाले) को छैठौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०५५ पुसमा विराटनगरमा भएको अखिल नेपाल महिला संघको चौथो अधिवेशनबाट अध्यक्षमा निर्वाचित । त्यसपछि क्रमशः ०६२ मंसीर काठमाडौंमा भएको पाँचौँ अधिवेशन र ०६९ वैशाख पोखरामा भएको छैठौं अधिवेशनबाट समेत अध्यक्षमा निर्वाचित भई हालसम्म ।
२०५९ मा नेकपा (एमाले) को सातौं महाधिवेशन जनकपुरबाट पुनः केन्द्रीय कमिटी सदस्यमा निर्वाचित ।
२०६४ सालमा बुटवलमा भएको नेकपा (एमाले) को आठौं महाधिवेशनबाट उपाध्यक्षमा निर्वाचित ।
२०७१ सालमा काठमाडौंमा भएको नेकपा (एमाले) को नवौं महाधिवेशनबाट पुनः उपाध्यक्षमा निर्वाचित ।
२०६०÷०६२ सालमा दुईपटक अन्तरपार्टी महिला संयुक्त संघर्ष समिति (जोइन्ट वुमन स्ट्रगल कमिटी) को संयोजकको जिम्मेवारी ।
२०६२ पुसबाट हालसम्म नेपाल अफ्रो एसियाली जनएकता संगठनको ९आप्सो० उपाध्यक्षमा निर्वाचित ।

राजकीय जिम्मेवारीः

 २०५० सालको उपनिर्वाचनमा र २०५१ सालको मध्यावधि निर्वाचनमा समेत काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।

  • २०५४ सालमा नेपाल सरकारको जनसंख्या तथा वातावरण मन्त्रीका रुपमा जिम्मेवारी बहन ।
  •  २०५६ मा काठमाडौं क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ।
  •  २०६७ बाट २०६९ सम्म नेपाल सरकारको रक्षा मन्त्रीका रुपमा कार्य सम्पादन ।
जेल जीवनः
२०६१-०६२ को जनआन्दोलनताका प्रहरीद्वारा ‘हाउस एरेस्ट’ तथा हिरासत ।

रुचिः

— महिला, उत्पीडित जनता तथा सीमान्तीकृत समुदायको हितमा कार्यरत रहने ।
— समाजको आमूल परिवर्तनको अभियानमा लागिरहने ।
— गीत, संगीत तथा साहित्यिक लेखनमा विशेष ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.