Powered by Blogger.
आन्दोलनरत दललाई एकताबद्व हुन शक्ति मिलोस : प्रधानमन्त्री ओली

काठमाडौँ, ३ कात्तिक ।

प्रधानमन्त्री केपी शर्मा आलीले नेपाली जनतालाई विजया दशमीको शुभकामना दिएका छन् । शुभकामना दिदै प्रधानमन्त्री ओलीले संबिधानले करिब सात दशकदेखिको जनताको राजनीतिक र सामाजिक अधिकार प्राप्तिको चाहना र आकांक्षालाई संस्थागत गरेको जनाएका छन् ।

अब संबिधानको प्रभावकारी कार्यान्वयनसँगै जनताले प्राप्त गरेका हक–अधिकार व्यबहारमै लागु हुँदैजाने सुनिश्चित रहेको प्रम ओलीद्वारा जारि विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ,‘हाम्रो मुलुक विश्वमै प्राकृतिक र जैबिक विविधता र अन्य सम्पदाको दृष्टिले अनुपम छ । यिनै प्राकृतिक सम्पदाहरुको भरपूर सदुपयोग गरेर अब मुलुकलाई आर्थिकरुपमा समृध्दिको दिशामा अघि बढाउनु आवश्यक छ ।’

संबिधान जारी हुनुअघि देखि नै देशका केही भागमा असन्तुष्टीहरु देखिएका थिए । अधिकांश असन्तुष्टीहरु संबिधान जारी भएसँगै सकिएका छन् । हाल तराई–मधेसमा विभिन्न नाममा केही असन्तुष्टीहरु कायम छन् । मधेस केन्द्रित दलहरुका जायज मागलाई सम्बोधन गर्न सरकारकातर्फबाट मैले पत्राचार समेत गरिसकेको छु । साथै, सरकारले कार्तिक २ गते वार्ता समिति गठन गरेको र समितिले आफ्नो कार्य प्रारम्भ पनि गरिसकेको उल्लेख छ ।

प्रधानमन्त्री ओलीले संबिधान निरन्तर गतिशिलताको एउटा दस्तावेज भएकोले त्यसमा केही कमीकमजोरी छन् भने पनि सार्थक वार्ता र संबादका माध्यमबाट त्यसलाई सच्याउन सकिने भएकोले आन्दोलनरत मधेस केन्द्रित दलहरुलाई बडादसैँको यस अवसरमा फेरि एकपटक आन्दोलन रोकी वार्तामा आउन आह्वान  समेत गरेका छन् ।

केही समयदेखि सिमा क्षेत्रमा भएका अवरोधका कारण इन्धनलगायतका आपूर्ति व्यबस्थामा असहजता उत्पन्न भएको भन्दै यसले चाँडपर्वको बेला नेपालीले कष्ट र अप्ठेराहरु व्योहर्नु परिरहेकोतर्फ सरकारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । ‘आपूर्ति व्यबस्थालाई सहज बनाउन सरकारले तदारुकताकासाथ पहल थालिसकेको छ ।’ प्रम ओलीले भनेका छन्,‘विभिन्न ढङ्गले आपूर्ति व्यबस्थालाई चाँडै नै सहज बनाइने कुरामा म विश्वास दिलाउन चाहन्छु ।’

विज्ञप्तिमा भनिएको छ, ‘चाडपर्वको बेला नेपाली जनताले भोग्नु परेको अनुचित पीडाप्रति म अत्यन्तै संबेदनशील र दुखित छु । यस्तो जटिल र कठिन परिस्थितिमा आम देशबासीले देखाउनु भएको संयम, धैर्यता र राष्ट्रिय एकताको भावनाको म सम्मान गर्दछु ।’

नेपाल बहुधार्मिक, बहुभाषिक र बहुसांस्कृति मुलुक हो । हाम्रा रितिरिवाज, संस्कृति र सुन्दर परम्पराहरुले आम नेपालीलाई शदियौंदेखि एक आपसमा जोड्दै आएको छ । यो कुरा हाम्रालागि गौरबको विषय पनि हो । गौरबपूर्ण यस्तो इतिहासलाई निरन्तरता दिदै मुलुकलाई एकताबध्द र अखण्ड राख्न हामी सबै लागिपरौं भन्ने आह्वान  समेत गरेका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ, बडादशै २०७२ को उपलक्ष्यमा म नेपाल सरकार र मेरोतर्फबाट स्वदेश र विदेशमा बस्नुहुने सम्पूर्ण नेपालीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।’
                                                       
     

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.