Powered by Blogger.
टानलाई व्यवस्थित बनाउने दुवै समुहको प्रतिबद्धता



काठमाडौँ, २५ असोज । 

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ं(टान)लाई सुदृढ व्यावसायिक  र व्यवस्थित बनाउन निर्वाचनमो होमिएका दुवै पक्ष सहमत भएका छन् ।

 २८ असोजमा हुने टानको ३७ औँ चुनावी वार्षिक साधारणसभाका लागि दुई समूहमा प्यानलसहित निर्वाचनमा होमिएका छन् । चन्द्रप्रसाद रिजाल र सागर पाण्डेले नेतृत्व आफ्नो पक्षमा आएको खण्डमा टानलाई व्यवस्थित र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाए ।

राष्ट्रिय पर्यटन पत्रकार सङ्घ (नाटोज)ले आयोजना गरेको ‘मिसन टान निर्वाचन विषयक बहस कार्यक्रम’मा सहभागी दुबै अध्यक्षका प्रत्याशीले निर्वाचन जित्ने आधारसहितका एजेन्डा प्रस्तुत गरे । उनीहरुले आफुले नेतृत्व पाएको खण्डमा संस्थालाई व्यवसायी बनाउने आश्वासन दिलाए ।

अध्यक्षका प्रत्याशी रिजालले टान निर्वाचनका लागि दुबै प्रत्याशीका एजेन्डा बरोबर भए पनि विगतको नेतृत्वले व्यवहारमा परिणाम देखाउन नसकेका कारण संस्थाको काम कारबाही व्यवस्थित र पारदर्शी हुन नसकेको आरोप लगाए ।

उनले टानका गतिविधिलाई व्यवस्थित, पारदर्शी र गुणस्तरीय बनाई पदयात्रा र पर्वतीय पर्यटको विकासमा प्रभावकारी ढङ्गले लाग्ने प्रतिबद्धता जनाए । रिजालले अबको नेतृत्वले टानमा व्यवसायी उद्धार कोष, पत्रकारिता कल्याणकोषको स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धनका कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइने बताए ।

यस्तै अध्यक्षका अर्का प्रत्यासी पाण्डेले व्यावसायिक नेतृत्व र व्यावसायिक एकता आजको अपरिहार्यता भएको उल्लेख गर्दै संविधान सभामार्फत संविधान जारी भएको परिस्थितिमा आर्थिक समृद्धिको एजेन्डालाई साकार पार्न अर्थतन्त्रको महत्वपूर्ण आधार पर्यटनको विकास गर्ने गरी विशेष कार्यक्रम ल्याइने बताए ।

सङ्घका अध्यक्ष शिव अधिकारीले दुई व्यावसायिक समूहको अनर्गल प्रचार र अस्वच्छ प्रतिस्पर्धाले व्यावसायिक एकतालाई कमजोर बनाई पर्यटन क्षेत्रलाई असर पर्ने भएकाले दुबै समूह मिलेर जानुपर्नेमा जोड दिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.