Powered by Blogger.
१४ वर्षीया बालीकाको हत्या गर्ने कांग्रेस महोत्तरीका सभापति महतो पक्राउ

महोत्तरी, १२ असोज । 
नेपाली काँग्रेस महोत्तरी क्षेत्र नम्बर–६ का क्षेत्रीय सभापति रामश्रेष्ठ महतोलाई प्रहरीले पक्रेको छ । सुन्दरपुर ७ सिंहासनी घर भएका रामएकवाल यादवको १४ वर्षीया छोरी सविताकुमारी यादवको हत्यामा संलगन रहेको आरोपमा सभापति महतोलाई महानगरीय प्रहरी बृत गौशाला काठमाडौंले गौशालामने एक लजबाट पक्राउ गरेको हो ।

महतोलाई कर्तव्य ज्यान मुद्दाको आरोपमा प्रहरीले आइतबार साँझ राजधानीबाट पक्राउ गरेको र सोमबार जिल्ला प्रहरी कार्यालय महोत्तरीमा ल्याइएको एसपी शौरभ राणाले बताए । गाउँकै राम जानकी मन्दिरको परिसरमा रहेको इनारमा २०७२ साल भदौ १४ गते सविताको इनारभित्र पानीमा तैरिरहेको अवस्थामा शव फेला परेको थियो ।

मृतकको परिवारजनले सभापति महतोलगायत अन्य पाँच जनाको नामै किटान गरी इलाका प्रहरी कार्यालय गौशाला महोत्तरीमा उजुरी दिएको र सोही उजुरीको आधारमा महतोलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ । 

घटनाका मुख्य योजनाकार सोही गाउँका रामजीवन राउतलाई प्रहरीले घटना लगतै तत्कालै पक्राउ गरिएको थियो । यता महतो घटना पश्चात पक्राउ पर्ने डरले फरार रहदै आएका थिए । पक्राउ परेका महतो गौशालास्थित नवीन जनसेवा अस्पतालका संचालक समेत रहेको आजको नागरिक दैनिकमा समाचार छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.