Powered by Blogger.
दोलखामा विद्यार्थीको अभाव, एक शिक्षक एक विद्यार्थी

दोलखा, २५ भदौ । 

दोलखाको लामाबगर र गौरीशङ्कर गाविसमा  रहेका दुई प्राथमिक विद्यालयमा एक शिक्षक र एक विद्यार्थी रहेका छन् । यी विद्यालयमा भूकम्पले क्षति पु¥याएपछि चार महिनासम्म पनि सञ्चालनमा आउन सकेका छैनन् ।

सहायक जिल्ला शिक्षा अधिकारी माधवप्रसाद शर्माले उत्तरी क्षेत्र लामाबगर गाविसको ठोङ्ठोङ प्रावि र गौरीशङ्कर गाविसको रिकुमा रहेको गौरीशङ्कर प्रावि अझै सञ्चालनमा आउन नसकेको बताए । गाउँमा विद्यार्थी नभएर विद्यालयमा एक शिक्षक र एक विद्यार्थी मात्र बाँकी रहन पुगेको स्थानीयवासीको भनाइ रहेको छ ।

भूकम्पले विद्यालय भवन पूर्णरुपमा ध्वस्त बनाएको र वर्षात्को समयमा त्यहाँसम्म जान सक्ने अवस्था नभएका कारण विद्यालयमा सञ्चालनमा ल्याउन समस्या भएको सहायक जिशिअ शर्माको भनाइ छ । उनले शिक्षकलाई जबर्जस्ती पठाउँदा ज्यानको जोखिम हुने भएकाले त्यहाँका शिक्षकलाई अन्य विद्यालयमा दसैँसम्मका लागि काजमा पठाइएको जानकारी दिए ।

भूकम्पपछि धेरै सङ्घसंस्था अस्थायी आवास केन्द्र स्थापना गर्न जिल्लामा आए पनि ती विद्यालयमा भने अहिलेसम्म जान सकेका छैनन् । स्रोतका अनुसार त्यहाँका विद्यार्थी अभिभावकसँगै सुरक्षित स्थानमा गएका र ती विद्यालयमा विद्यार्थी नभएकै कारण विद्यालय सञ्चालनमा नआएको हो ।

लामाबगरका स्थानीयवासी केशर लामाले अधिकांश स्थानीयवासी भूकम्पपछि पहिरो आउने त्रासमा सुरक्षित स्थानमा गएका र उनीहरुमा पढाइ भन्दा बासको बढी चिन्ता भएको बताउनुभयो । दसैँपछि पहिरोको त्रास कम हुने भएकाले मङ्सिरदेखि विद्यालय सञ्चालनमा ल्याए राम्रो हुने स्थानीयवासीको भनाइ रहेको छ ।

दुईवटै विद्यालयमा गरी पाँचजना पनि विद्यार्थी नभएको ती विद्यालयमा प्रतिविद्यार्थी एक÷एकजना शिक्षक कार्यरत रहेको जिल्ला शिक्षा कार्यालय दोलखाले जनाएको छ । अभिभावकहरुको आग्रहमा विद्यालय अन्यत्र नसारिएको जानकारी दिँदै त्यहाँका अधिकांश स्थानीयवासी रोजगारीका लागि माथिल्लो तामाकोसी जलविद्युत् आयोजना आसपासका क्षेत्रमा गएका छन् । भूकम्पपछि विद्यालय भत्किएपछि अस्थायी रुपमा टहरा निर्माण गरी कक्षा सञ्चालनको प्रबन्ध मिलाइएको छ ।

जिल्लामा विभिन्न सङ्घसंस्थाको सहयोगमा अस्थायी आवास केन्द्र निर्माण भइरहेको कार्यालयले जनाएको छ । जिल्लामा हाल १८ वटा सङ्घसंस्थाले विद्यालयलाई सहयोग गरिरहेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.