Powered by Blogger.
निजी सवारीले पेट्रोलियम पदार्थ नपाउने

काठमाडौँ, १३ असोज । गृह मन्त्रालयले पेट्रोलियम पदार्थको व्यवस्थापनका लागि बिहीबारदेखि निजी सवारी साधन (रातो प्लेट)लाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउन जनाएको छ ।

गृह मन्त्रालय, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्रालय, वाणिज्य तथा आपूर्ति व्यवस्था मन्त्रालय, तीनवटै सुरक्षा निकाय र विद्युत् प्राधिकरणको सहभागिता रहेको बैठकले सबै निजी सवारी साधन, ढुवानीका साधन तथा विद्यालय र महाविद्यालयका बसलाई इन्धन उपलब्ध गराउन नसकिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले आयल निगमसँग भएको इन्धनको मौज्दातलाई ध्यानमा राखेर सो निर्णय गरेको बताए । बिहीबारदेखि लागु हुने यो प्रणालीको तीन दिनपछि पुनर्विचार गरिने बताइएको छ । सार्वजनिक यातायातका सवारी साधनलाई भने जोर÷बिजोर प्रणालीका आधारमा पेट्रोलियम पदार्थ उपलब्ध गराइने भएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.