Powered by Blogger.
सिम्रिकले ल्यायो २६ करोडमा नयाँ हेलिकोप्टर


काठमाडौँ, १८ कात्तिक ।
निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी सिम्रिक एयरले नयाँ हेलिकोप्टर भित्र्याएको छ । फ्रान्सेली वायुसेवा कम्पनी एयरवस हेलिकोप्टर्सले निर्माण गरेकार सात सीट क्षमताको एच–१२५ (एएस ३५० बीथ्रीई) नामक हेलिकोप्टर भित्र्याएको छ । यो हेलिकोप्टर सिम्रिकले २५ लाख ५० हजार डलर (करीब २६ करोड रुपैयाँ)मा खरीद गरेर ल्याएको सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले बताए ।

उनका अनुसार उच्च हिमाली क्षेत्रमा उद्दार, दृश्यावलोकन, कुनै पनि प्राकृतिक विपत्तिमा उद्दार तथा पर्यटकीय गतिविधिमा प्रयोग गर्ने उद्देश्यले यो नयाँ हेलिकोप्टर ल्याइएको हो । यो नयाँ हेलिकोप्टर अहिलेसम्मकै उच्च प्राविधिक क्षमता जडान भएको पनि थापाको दावी छ । नयाँ हेलिकोप्टरले नेपालको पर्यटक क्षेत्रमा सेवा पुर्याउने तथा आपतविपतको समयमा मानवीय क्षती कम गर्न तत्काल राहत तथा उद्दारमा पुग्नेसक्ने भएको जानकारी पनि थापाले दिए ।

गत जुलाई २२ का दिन एयरवस हेलिकोप्टर कम्पनी सिंगापुरसँग तीन वटा अत्याधुनिक हेलिकोप्टर खरिद गर्न सिम्रिक एयरले गरेको सम्झौता अनुसारको पहिलो हेलिकोप्टर सोमबार बेलुका नेपाल आइपुगेको जानकारी थापाले दिए । सिम्रिकले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै पत्रकार सम्मेलन आयोजना गरेर नयाँ हेलिकोप्टरको बारेमा जानकारी दिएको छ ।

यो हेलिकोप्टर क्याप्टेन सिद्धार्थजङ्ग गुरुङले सिगापुरबाट मलेसिया, थाइल्याण्ड, म्यानमार, बंगलादेश हुँदै काठमाडौसम्म उडाएर ल्याएका हुन । सोमबारै वंगलादेशको ढाकाबाट उडेको यो हेलिकोप्टर विराटनगरमा इन्धन भरेर काठमाडौं आएको हो । हेलिकोप्टरमा क्याप्टेन सुरेन्द्र पौडेल र इन्जिनियर विष्णु बस्नेत पनि सिंगापुरबाटै सँगै आएका छन् । यो हेलिकोप्टरमा पाइलट बाहेक ६ सीट रहेको छ ।

सिम्रिकले ६ महिनाभित्रमै वातानुकुलीत ९वाताबरण मैत्री० क्याविन भएको अत्याधुनिक प्रविधियुक्त एच–१३० ९इसी–१३०० नामक दुई वटा हेलिकोप्टर आउने भएको छ । अत्यायुनिक प्रविधि र उडान क्षमताको यो हेलिकोप्टर नेपालकै पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनको लागि थप प्रभावकारी साधन बन्न सक्ने सिम्रिकका भनाइ छ । सिम्रिकसँग सोमबार काठमाडौँ आइपुगेकै प्रकृतिको अर्को एउटा एच–१२५ (एएस ३५० बीथ्रीई) हेलिकोप्टर भने अहिले नियमित उडानमा रहेको छ ।

सोही प्रकृतिको थप भएपछि सिम्रिकसँग एच–१२५ नामक हेलिकोप्टर दुईवटा भएका छन । अर्को एउटा एस ३५० बीटु एउटा १५ दिनमै र अत्याधुनिक प्रविधिको थप दुईवटा भने आगामी ६ महिना भित्रमै आइपुग्ने सिम्रिकले जानकारी दिएको छ । उच्च हिमाली क्षेत्रमा सहजै उद्दार गर्न अति नै सफल हेलिकोप्टर कम्पनि सिम्रिकका हेलिकोप्टरले २३ हजार फिट सम्म उडान गर्न सक्छ । सिम्रिकले आफ्नो सेवा थप प्रभावकारी बनाउँदै नेपाललाई विश्वकै उत्कृष्ट रेस्क्यू, हिमाल तथा पहाडी भेगमा विकास निमाणको लागि सामान झुण्डाएर गर्ने ९सिलिङ कार्गो० सेवालाई प्रभावकारी बनाउँदै जाने भएको छ ।

यो हेलिकोप्टर नेपालको पर्यटकीय सेवाको लागी विशेष उपयुक्त हुने छ । सिम्रिकका हेलिकप्टरले उच्च हिमाली दृश्यावलोकन ,राहत तथा उद्धार एवं विकाश निर्माण कार्यमा बढि उपयोगी सेवा दिइरहेको छ । नयाँ हेलिकोप्टरले नेपालमा पछिल्लो समय बढ्दै गएको पर्यटकीय सेवा र दृश्यावलोकान तथा हिमाली भेगमा उद्दारका निम्ति सिम्रिकको सेवा थप प्रभावकारी हुने छ । सिम्रिक एयर विगतमा पनि नयाँ अत्याधुनिक बीथ्रीई हेलिकप्टरहरु भित्र्याउने पहिलो नेपाली विमान सेवा कम्पनी हो ।

एएस ३५० बीथ्रीई विमानबाट पाएको विश्वश्नीय सेवाले नै सफल कम्पनी बनाउँदै सहयोग पु्र्याएको  छ । २०५८ साल देखि एमआई –१७ नामको रसियन हेलिकप्टरबाट उडान सुरु गरेको यस विमान सेवा कम्पनिले १५ वर्ष देखिनै अनवरत रुपमा सेवा दिइरहेको छ । स्वदेशी तथा विदेशि पर्यटक ट्राभल एजेन्सी विभिन्न सरकारी तथा गैरसरकारी एवं व्यक्तिगत तथा व्यक्तिगत फर्महरुबाट पाएको हौसला, माया सदभावनालाई प्रेरणाको स्रोत बनेको पनि सिम्रिकको बुझाई छ ।

सिम्रिक एयरसँगहुने पाँच हेलिकोप्टरमा बीथ्रीई दुईवटा, इसी–१३० दुई वटा र बीटु एउटा हुने भएको छ । सिम्रिक एयरले पर्यटन क्षेत्रमा स्वदेशि तथा विदेशी यात्रुलाई हेलिकप्टर यात्रा, धार्मिकस्थलदर्शन, पर्यटकीय स्थलहरुको अवलोकन भ्रमण, उच्च हिमाली पर्वतिय दृश्यावलोकन गराउने गर्छ । यसले विकाश निर्माण समाग्री, सिलिङ ट्रान्सपोर्ट, हेलीस्की, पुष्पवृस्टि, फोटोग्राफि, फिल्मीङ्ग, तथा उच्च हिमाली भेगमा राहत तथा उद्धार एवं प्राकृतिक दैविप्रकोप जस्ता क्षेत्रमा विशेष तालीम प्राप्त दक्ष पाईलट, इन्जिनियर एवं प्राविधिकहरुवाट सुरक्षीत भरपर्दो र विश्वसनीय उडानहरु संचालन गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेको छ ।

सिम्रिकका दक्ष पाइलट तथा प्राविधिकद्वारा अन्तर्राष्ट्रिय बजारमा नै ख्याती कमाउँन सफल भएका छन् । सगरमाथा क्षेत्रमा भएको हिउँपहिरो, अन्नपूर्ण तथा मनाङ क्षेत्रमा भएको हुँदहुँद (आँधी), गत वैशाखमा गएको विनाशकारी भूकम्पको समयमा पनि सिम्रिकले उद्दार तथा राहतमा उत्कृष्ट योगदान पु¥याएको दाबी गरेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.