Powered by Blogger.
स्वाभिमान अभियान दोलखामा,‘तोड्ने होईन जोड्ने अभियन्ताको खाँचो’

दोलखा , २० असार । मानब अधिकार तथा शान्ति समाजले दोलखा जिल्लाको सदरमुकाम चरिकोटस्थित सातदोबाटो चोकमा जागरण सभा सम्पन्न गरेको छ ।

कार्यक्रममा मानब अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले सद्भाबले समाजलाई जोड्ने हुँदा सद्भाब अभिबृद्धिका लागि धेरै पसिना बगाउन राजनीतिक समाज र नागरिक समाजलाई आग्रह गरे । उनले तोड्ने होईन जोड्ने अभियन्ताको खाँचो भएको बताए ।
 
सभामा सांसदद्वय पशुपति चौलागाई र पार्बत गुरुङ्ग, नेपाली काँग्रेसका जिल्ला सभापति रुद्रबहादुर खड्का, नेकपा एमालेका जिल्ला सचिब भरत दुलाल, नेकपा माओबादी केन्द्रका कुलबहादुर बुढाथोकि, राप्रपा नेपालका कार्यबाहक जिल्ला अध्यक्ष नबराज श्रेष्ठ, संघिय समाजवादी फोरमका दोर्जे शेर्पा, राप्रपाका  बलबहादुर तामाङ्ग र नयाँ शक्तिका जिल्ला संयोजक रबिन्द्र कार्कीले शुभकामना दिएका थिए ।

उनीहरुले आ–आफ्नो तर्फबाट ऐक्यबद्धता प्रकट गरे । समाजका केन्द्रिय कोषाध्यक्ष रेनुका पौडेलले अभियानको अबधारणापत्र प्रस्तुत गरेकी थिईन ।  स्वाभिमान अभियान र हिमालय बचाउ अभियान अन्तर्गत शान्ति समाजले असार २० गते बिहान दोलखाको जिरिमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.