Powered by Blogger.
सदरमुकामको सडकमा रोपाई !

दोलखा, २२ असार : सडक हिलाम्मे भए पनि सम्बन्धित निकायले ध्यान नदिएको भन्दै स्थानीयले दोलखा सदरमुकाम चरिकोट स्थित बसपार्कमा आज रोपाईं गरेका छन् । एमाले निकटका युवा संघ दोलखा, अखिल नेपाल महिला संघ दोलखा र अनेरास्ववियू दोलखाको नेतृत्वमा सडकमा उत्रिएका स्थानीयले सडकमै गर्दै रोपाईं गरेका हुन् ।

उनीहरुले डिभिजन सडक कार्यालय दोलखाका प्रमुख दयाकान्त झालाई धानको बेर्ना उपहार दिँदै सडकको स्तर सुधार्न आग्रह पनि गरेका छन् । सो क्रममा पत्रकारहरुसंग कुरा गर्दै प्रमुख झाले सडक कालोपत्रे गर्नका लागि ठेकेदारले काम सुरु गरेपनि वर्षाका कारण अवरुद्ध हुँदा सडक हिलाम्मे भएको र वर्षात सकिए लगत्तै सडकको स्तर सुधारिने बताउनुभयो ।

 नगर क्षेत्रको सडकको जिम्मेवारी आफुहरुको नभएको भन्दै उहाँले त्यसमा नगरपालिकाले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । साथै सडक किनारमा बसोबास स्थानीयबासीले नालामा जथाभावी फोहोर फाल्दा पनि समस्या भएकाले त्यसो नगर्न स्थानीयबासीलाई आग्रह गर्नुभयो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.